पोखरामा बोलबम जलयात्रा सम्पन्न, बन्दका बाबजुद केदारेश्वरमा भक्तजनको घुइँचो
17-August-2015

पोखरा, ३२ साउन / हजारांै भक्तजनको उल्लासमय सहभागिताका साथ केदारेश्वर मन्दिर सेवाश्रम समितिले आयोजना गरेको बोलबम कार्यक्रम यस वर्ष सम्पन्न भएको छ । साउनको पाँचौ तथा अन्तिम सोमबार बन्दका बाबजूद भक्तजनको भीडले केदारेश्वर बोलबममय बनेको थियो । टाढाटाढाबाट पैदल हिडेरै भक्तजन जल चढाउन मन्दिर पुगेका थिए ।

भूकम्पले तहसनहस बनेको पोखरामा बोलबम कार्यक्रमले धार्मिक पर्यटन प्रबद्र्धनमा निकै ठूलो टेवा पु¥याएको बोलबम संयोजक शंखर खरालले बताए । शिव भक्तजनद्धारा आराधना तथा शिवलिंगमा जल चढाउन ठूलो भीड लागेपछि व्यवस्थापन पक्षले चार वटै ढोका खुलाएर पूजाआजाको व्यवस्था मिलाएको थियो । हातमा जल लिएका भक्तजन मन्दिर बाहिरसम्म पाखो पर्खेर दिउँसो अबेरसम्म पंक्तिबद्ध बसेका थिए ।

वैद्य नेतृत्वको ३३ दलीय मोर्चाले आहवान गरेको आमहड्तालले सवारी नचले पनि अघिल्ला सोमबार तुलनामा भक्तजनको संख्या उल्लेख्य रहेको मन्दिरका सचिव खिमबहादुर पहारीले बताए ।

मन्दिरका पीठाधीश डा. लेखनाथ आचार्यले कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गराउन सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गरे ।
फेवाताल किनार केदारेश्वर मन्दिरमा विगत १३ वर्षदेखि साउन महिनामा बोलबम जलयात्रा हुँदै आएको छ । यहाँ बोलबम भित्राउनुको श्रेय पनि बोलबम समितिलाई जान्छ । जसका कारण पछिल्लो समय केदारेश्वर मन्दिर बोलबमधामको रुपमा पनि चिनिने गरेको मन्दिरका उपाध्यक्ष दयानन्द पोखरेल बताउँछन् ।

‘बोलबमको ध्वनीले, शान्ति पाउन् साराले’ भन्ने मूलमन्त्रका साथ आयोजित बोलबम शिवपथ जलयात्रा गाइघाटबाट सुरु भई नगरका विभिन्न भाग परिक्रमा गरी मन्दिरमा पुगेको थियो । भजनकीर्तनमा भजन तथा साँस्कतिक संयोजक लोकदोहारी गायक प्रजापति पराजुलीले नेतृत्व गरेको टोलीमा भक्तजन बाटोमा भजनकीर्तन गर्दै मन्दिर पुगेका थिए । मन्दिरमा दिनभर शिव पुराण तथा भजनकीर्तन चलेको थियो ।

मन्दिरका सल्लाहकार हुतराज श्रेष्ठले गाईघाटमा १०८ धारामा स्नान गरी ८ किलोमिटर पैदलयात्रासहित केदारेश्वर मन्दिरमा १०८ शिवलिङ्गमा जलार्पण गर्न पाइने हुँदा आठ संयोगका कारणले पनि केदारेश्वर बोलबमधाम बन्न पुगेको बताउँछन् ।

समापन अवसरमा आयोजकले कार्यक्रम सफल पार्न सहयोग पु¥याउनेलाई सम्मापन प्रदान गरेको थियो । अन्तिम सोमबार भक्तजनलाई एनबी व्यवसायी समितिले प्रसादको व्यवस्था मिलाएको थियो ।

Write a Comment

Events
Random Picks