साउनको अन्तिम सोमबार: भक्तजनहरूको भिडभाड
13-August-2018


जक्सन डटकम 
पोखरा , साउन २८
आज साउन महिनाको अन्तिम सोमबार पशुपति मन्दिर लगाएत देशभरका शिवालयहरूमा भक्तजनहरूको भिडभाड लागेको छ।
साउनको हरेक सोमबार श्रद्धालुहरुले रातो, हरियो र पहेंलो बस्त्र तथा चुरा पोते लगाएर शिवको पूजा आराधाना गर्दछन्। साउनको प्रत्येक सोमबार ब्रत बसेका महिलाहरुले आज विधिपूर्वक ब्रत समापन गर्दै छन्।


साउनको सोमबार भगवान शिवको प्रिय बार भएको भन्ने धार्मिक विश्वासका साथ हिन्दू धर्मावलम्बी महिलाहरुले ब्रत बस्ने, पूजाआजा गर्ने, दान गर्ने लगायतका काम परापूर्वकालदेखि गर्दै आएका छन्।सोमवारको  ब्रत बसेर शिवको पूजा गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहिआएको छ ।
स्रोत: नागरिक न्युज

 

Write a Comment