कालीगण्डकीमा विद्यालय बग्यो
15-August-2018

 
जक्सन डटकम
म्याग्दी , साउन ३० 
कालीगण्डकी नदीले विद्यालय बगाएको छ। अन्नपूर्ण गाउँपालिका–४ कोप्चेपानीस्थित धौलागिरी आधारभूत विद्यालय आज कालीगण्डकीले बगाएको हो।
कालीगण्डकीले धार परिवर्तन गरेपछि ६ कोठे भवन बगाएको कक्षा तीनसम्म पठनपाठन हुने उक्त विद्यालयमा २० विद्यार्थी अध्ययनरत छन्। भवन बगाएपछि पठनपाठन प्रभावित भएको छ। कक्षा सञ्चालनका लागि वैकल्पिक व्यवस्थाको खोजी भइरहेको छ।

केही दिनदेखि यहाँ निरन्तर वर्षा भइरहेको छ। कालीगण्डकीको बाढी करिब ४० मिटर बस्तीतर्फ पसेको छ। बाढीले लगातार जग्गा कटान गरिरहेको छ। पाँच दिनअघि कालीगण्डकीले आफ्नो धार परिवर्तन गरेर कटान सुरू गरेको हो। बाढीका कारण मुस्ताङ प्रवेश गर्ने पदमार्गमा पर्ने कोप्चेपानीको बस्ती जोखिममा छ। 

 

Write a Comment

Events