पहिराले तीन घर पुरियो
17-August-2018

जक्सन डटकम
धादिङ, भदौ 

धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–४ छापथोकमा आज बिहान पहिरो जाँदा तीन घर पुरिएको छ । 

स्थानीय देवबहादुर आले, तालबहादुर आले र टीकाबहादुर आलेको घरमाथिबाट आएको पहिरोले पुरिएर उनीहरुको घर पूर्णरुपमा क्षति पुगेको त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष शम्भु थापाले जानकारी दिनुभयो । 

घर पुरिएको सूचना पाएपछि प्रहरी टोली घटनास्थलतर्फ गएको छ ।  (रासस)

Write a Comment