बाढीले कटान गरेपछि अन्यत्र सर्दै
27-August-2018

जक्सन डटकम

मनाङ, भदौ ११ 
मस्र्याङ्दी नदीको बाढीले कटान गरी चामे– बेसीशहर सडक भासिएको छ । 

पहिरोका कारण चामे गाउँपालिका–३ का बासिन्दा त्रसित छन् । बाढीले निरन्तर कटान गरिरहेको छ । पहिरो खस्न थालेपछि बस्ती जोखिममा छ । स्थानीयवासीले बस्ती जोगाउन स्थानीय तहलाई गुहारेका छन् । यहाँ १५ दिनदेखि पहिरो बगिरहेको छ । बस्ती जोगाउन गाउँपालिकाको सहयोगमा तारजालीको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए। 

“पहिरो निरन्तर बगेकाले काम गर्न कठीनाइ भएको छ,” उनले भने। सवारीसाधन मुश्किलले सञ्चालन गर्न सकिएको प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले बताए। सडक मर्मत गर्न दीर्घकालीन योजना बनाउनुपर्ने उनको भनाइ छ । दिनहुँ बाढीले कटान गरेका कारण यहाँका बासिन्दालाई अन्यत्र सार्नुपर्ने स्थानीयवासी पासाङ विष्टले बताए। (रासस)

Write a Comment

Events
Random Picks