दोषीलाई कडा कारवाहीको माग
29-August-2018

जक्सन डटकम
काठमाडौँ, भदौ १३

अन्तर पार्टी महिला सञ्जालले मुलुकभर महिला तथा बालबालिकामाथि भएका हिंसा र बलात्कारका घटनासम्बन्धमा छानबिन गरी कारवाही गर्न सरकारसँग माग गरेको छ ।

सञ्जालले आज गृहमन्त्री रामबहादुर थापालाई ध्यानाकर्षणपत्र बुझाउँदै त्यस्ता घटनामा संलग्न दोषीलाई कुनै पनि बहानामा उम्मुक्ति दिन नहुने जनाएको हो । सञ्जालका अध्यक्ष नीलम बर्मा नेतृत्वको टोलीले पछिल्लो समय मुलुकभर महिला तथा बालबालिकामाथि हिंसा, बलात्कार र हत्याका घटना बढ्दै गएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

“कतै बोक्सीको नाममा महिलामाथि क्रूर यातना दिने काम भइरहेको छ भने कतै प्रथा परम्पराको नाममा महिलामाथि अपमान र तीरस्कार भइरहेको छ”, ध्यानाकर्षणपत्रमा उल्लेख छ । त्यस्ता घटनाले मानव अधिकारको खिल्ली उडाउनुका साथै महिला समुदायलाई नै अपमानित र आक्रोशित तुल्याएको सञ्जालले जनाएको छ । (रासस)

Write a Comment

Events
Random Picks