क्याम्पस प्रमुखको कार्यकक्षमा लगाइएको ताला तिन दिनपछि खुल्यो !
2-September-2018


जक्सन डटकम
पोखरा, भदौ १७

जनप्रिय बहुमुखी क्याम्पस प्रमुखको कार्यकक्षमा लगाइएको ताला विद्यार्थी र विद्यार्थी संगठनहरुसँगको सहमति पश्चात्त आज (१७ गते,आईतबार) तीन दिन पछि खुलाइएको छ । 

१४ गते रोज फिल्म युनिटलाई ब्यापार र प्रमोशनको लागि स्ववियूले क्याम्पसमा प्रवेश गराई पठनपाठनमा बाधा पुर्याइ पवित्र शिक्षा आर्जन गर्ने क्षेत्रलाई दलाल र ब्यापारीक थलो बनाएको भन्दै नेकपा सम्बद्ध विद्यार्थी संगठन अखिल , अखिल (क्रान्तिकारी) र बिप्लब नेतृत्व क्रान्तिकारीले क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लगाएका थिए । 

बैठकमा रोज फिल्म युनिटलाई प्रमोशन गर्न दिइएको सम्बन्धमा विद्यार्थीहरुको पठनपाठनमा पर्न गएको असुविधा प्रति स्ववियूका सभापति आशिक गुरुङले क्षमायाचना गरेका छन् । साथै, आगामी दिनहरुमा कार्यक्रम गर्नुपूर्व निर्णय गराएर मात्र आयोजना गरिने स्ववियू सभापति गुरुङले प्रतिबद्धता जनाए । 

विद्यार्थीकोलागी राजनिती गर्नेलाइ स्विकार्न सकिने तर विद्यार्थीमाथीको राजनितीको विरुद्धमा सधै आवाज उठाउदै आएको र उठाउने विषयलाइ अखिल (क्रान्तिकारी) क्याम्पस कमिटीका अध्यक्ष बिशाल तामाङले प्रतिबद्धता गर्नुभयो भने क्याम्पसमा रहेका विद्यार्थी संगठन लाई मर्यादित बनाई गुणस्तरीय शिक्षण पद्दतीको विकास गर्न आफ्नो संगठन क्रियाशिल रहेको अनेरास्ववियु क्याम्पस कमिटीका संगठन विभाग प्रमुख विनय पराजुली बताउनु  भयो । 

शैक्षिक क्षेत्रमा लापरबाही गर्ने चाहे जो कोहि किन नहोस हामी चुप नरहने र नरहेको बिप्लब नेतृत्व क्रान्तिकारी संगठ क्याम्पस कमिटीका अध्यक्ष सुजन सापकोटाले बताउनु भयो ।

 

Write a Comment