भदौ १२ देखी म्याग्दीको शिखमा जनैपुर्णीमा मेला
21-August-2015

जक्सन डटकम, भदौ ४ । म्याग्दीमा जनैपुर्णीमा मेला आयोजना हुने भएको छ । संस्कृतिको संरक्षण र खेलकुद बिकासका लागी मेला भन्ने मुल नाराका साथ यही भदौ १२ गते परेको जनैपुर्णीमाको अवसर पारेर १२ गते देखी १७ गतेसम्म मेला हुने भएको हो ।

म्याग्दीको शिख गाविस वडा नं २ को स्थानिय क्लब न्यु कान्छी बाराही युवा क्लबले मेला आयोजना गर्न लागेको हो । जनैपुर्णीमाको अवसरमा जिल्लामै प्रख्यात रहेको कान्छी बाराहीको पुजाको समेत आयोजना गरिएको मेलाका संयोजक तेषराम पुर्जाले जानकारी दिए । 

मेलामा स्थानिय कलाकार लगायत राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रहनेछ । साथै विभिन्न खेलकुद प्रतियोगिताहरु समेत हुनेछन् ।

खेलकुद प्रतियोगिता अन्तर्गत गाउं स्तरीय पुरुष बास्केट बल प्रतियोगिता, पुरुष एवं महिला भलिबल प्रतियोगिता हुनेछ । पुरुष बास्केटबल प्रतियोगीतामा प्रथम हुनेले ३८,००० र दाश्रो हुनेले २२,००० नगद प्राप्त गर्नेछन् । यस्तै महिला भलिबलमा प्रथम हुनेले १८,००० र दोश्रो हुनेले १२,००० नगद प्राप्त गर्नेछन् भने पुरुषले २८,००० र १८,००० प्राप्त गर्ने मेलाका खेलकुद संयोजक बिशन रानाले बताए । 

शिख गाविसको शिख माविको प्राङ्गणमा आयोजना हुने मेलामा हरेक सांझ बिशेष सांकृतिक कार्यक्रम हुनेछ ।

क्लबका अध्यक्ष नवराज गर्बुजाले यस मेलाले स्थानिय संस्कृति र खेलकुदको बिकासमा टेवा पुग्ने बिश्वास ब्यक्त गरेका छन् । 

 

Related Images

Write a Comment