आँखा अस्पतालमा नयाँ कार्यसमिति चयन
4-September-2018

जक्सन डटकम
चितवन,  भदौ १९ 
भरतपुर आँखा अस्पताल सञ्चालक समितिको अध्यक्षमा कृष्णराज धरेल मनोनित भएको छन् । नेपाल नेत्रज्योति सङ्घको केद्रीय समितिले धरेलको अध्यक्षतामा पाँच सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । 

समितिका सदस्यमा चिजकुमार मास्के, जयराम श्रेष्ठ, तेजेन्द्रबहादुर खड्का र केशव अधिकारी चयन भएको छन् । मास्के यसअघिका अस्पताल सञ्चालक समितिको अध्यक्ष रहेका थिए, भने श्रेष्ठ नेत्रज्योति सङ्घ चितवनको उपाध्यक्ष, खड्का कोषाध्यक्ष र अधिकारी सहसचिव थिए । 

अध्यक्ष धरेल नेत्रज्योति सङ्घ चितवन शाखाको नवनिर्वाचित सभापति हुन् । सञ्चालक समितिमा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट सदस्य–सचिव र महानगरपालिकाको प्रतिनिधि सदस्य हुने व्यवस्था छ । अस्पताल नेत्रज्योति सङ्घले सञ्चालन गर्दै आएको छ । (रासस)

 

Write a Comment

Events
Random Picks