एसपी अशोक सिंहलाई प्रबल जनसेवी श्री पदकबाट विभूषित
6-September-2018

जक्सन डटकम
पोखरा, भदौ २१

कास्कीमा प्रहरी प्रमुखका भएर काम गरेका एसपी अशोक सिंहले ‘प्रबल जनसेवा श्री’ पदकबाट विभूषित भएका छन् ।

सोमबार काठमाडौमा भएको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान दिएका व्यक्तित्वलाई विभूषित गर्ने क्रममा एसपी सिंहले पदक पाएका हुन् ।कास्की रहदा निर्वाचनलाई शान्तिपुण गर्न सफल गरेको, अपराधीक क्रियाकला नियन्त्रण गरेको, महानगरीय प्रहरी परिसर जावलाखेलमा रहदा गुण्डागर्दी, लागूऔषध जस्ता विभिन्न आपराधिक घटना नियन्त्रणमा गर्न सफल भएकोले उनलाई पदक दिईएको हो ।

सिंह कास्कीमा रहदा जिल्ला प्रहरी कार्यालय कास्की प्रदेश ४ कै उत्कृष्ट कार्यालय र उनी उत्कृष्ट कार्यालय प्रमुखका रुपमा पुरस्कृत भएका थिए । सिंह वैशाख अन्तिम साता कास्कीबाट महानगरिय प्रहरी कार्यलय विशेष सुरक्षा महाशाखा काठमाण्डौंमा सरुवा भएका थिए ।

Write a Comment

Events