जेनेरेटरले किच्दा मलेसियामा खोटाङका रविनको मृत्य
21-August-2015

खोटाङ, भाद्र ४ । जेनेरेटरले किच्दा मलेसियामा खोटाङका एक युवाको मृत्यु भएको छ । एक्स्काभेटरले उचालेको जेनेरेटर अकस्मात फुस्किएर खस्दा दिक्तेल नगरपालिका–९ बाम्राङका २२ वर्षीय रविन राईको मृत्यु भएको हो । 

लोड अनलोडका क्रममा एक्स्काभेटरको नियन्त्रणबाट छुटेर खसेको जेनेरेटरले किचिएका राईको घटनास्थलमै मृत्यु भएको मृतकका बुबा अर्जुन राईले बताए । १८ महिना अघि मलेसिया पुगेका राई माछालाई चारो हाल्ने काम गर्दै आएका थिए ।

विवाह गरेलगत्तै मलेसिया गएका राईको शव ल्याउने पहल भइरहेको आफन्तले बताएका छन् । राईको मृत्युपछि परिवार विचल्लीमा परेका छन् ।

Write a Comment