पोखरा उवासंघको अध्यक्षमा दामु अधिकारी, कुन पदमा को आयो (मत सहित)
22-September-2018

पोखरा, ६ असोज ।
पोखरा उद्योगवाणिज्य संघको अध्यक्षमा बामपन्थी प्यानलकादामु अधिकारी विजयी भएका छन् । उनले लोकतान्त्रीक प्यानलका रवीन्द्रबहादुर प्रजूलाई ७ मत अन्तरले पराजित गरेका हुन् ।
दामु अधिकारीको १४७८ मत र रवीन्द्र बहादुर प्रजूको १४७१ मत आएको छ ।

पदाधिकारीका अन्य पदमा प्रजू प्यानलले जितेको छ । उपाध्यक्ष वाणिज्यतर्फ पवनकुमार प्रजापती १८३६ मत सहित विजयी भएका छन् । यमनाथ पौडेलको ११०५ मत आएको छ ।

महासचिवमा अर्जुन पोखरेल १७०२ मतसहित विजयी भएका छन् । महासचिवका प्रतिस्पर्धी किसान सुनारको १२४८ मत आएको छ ।

वरिष्ठ उपाध्यक्षमा नारायण कोइराला विजयी भएका छन् । उनले १७१५ मत ल्याएका छन् भने यदुनाथ अधिकारीले १२३५ मत ल्याएका छन् ।

उद्योगतर्फ उपाध्यक्षमा विन्दु कोइराला सुवेदी १७११ मत सहित विजयी भएका छन् । गीता कुमारी तिवारी गौतमको १२३८ मत आएको छ ।

कोषाध्यक्षमा सुरेन्द्रमान बिजुक्छे १५०२ मत सहित विजयी भएका छन् भन प्रेमबहादुर भुजेलको १४४५ मत आएको छ । उपमहासचिवमा चिनु कुमारी गुरुङ विजयी भएकी छन् । उनले सीता बराललाई पराजीत गरेकी हुन् ।


 

 

Write a Comment

Events
Random Picks