३७ जनाले उद्योग वाणिज्य संघका दुबै अध्यक्षलाई रिजेक्ट गरे : वैज्ञानिक रामलक्ष्मण
24-September-2018

जक्सन डटकम
पोखरा, असोज ८

२०५७ सालबाट हामी प्रविधिको क्षेत्रमा प्रवेश गरेका हौं । पानी चढाउने र बन्द गर्ने स्वचालित प्रणाली पहिलो पटक हामीले विकास गरेका थियौं । कम्युनिटी साइरन प्रविधि, सुरक्षाका उपकरणहरु, जिपिएस, विद्युत लोडसेडिङ न्यूनिकरणको लागि दर्जनौ प्रविधि विकास गरी कतिपय प्रविधिको पेटेन्ट अधिकार समेत प्राप्त प्राप्त गरेका छौं ।

नेपालमा चुनावी माहोल बढ्दै थियो । त्यतिबेला भारतीय विद्युतीय मेसिनबाट नेपालमा यहाँको चुनावी प्रक्रियामा निर्वाचन गराउन फिट देखिएको थिएन । त्यसपछि हामीलाई महसुस भयो, ‘नेपाली चुनावी प्रक्रिया र प्रणाली सुहाउँदो विद्युतीय भोटिङ मेसिन बनाउने ।’ नेपालमा हुने मतदान प्रक्रियालाई विश्वसनीय, पारदर्शी, किफायती, मतदातामैत्री र छिटोछरितो बनाउन हामीले मेसिनको सफ्टवेयर डेभलप ग¥यौं ।

विद्युतीय मतदान यन्त्र नेपाल मै उत्पादन गरी आजसम्म हामीले ६० वटा निर्वाचन सफल पारेका छौं । तत्कालीन एमाले संसदीय दलको नेताको निर्वाचनमा पहिलो पटक हामीले बनाएको विद्युतीय भोटिङ मेसिन प्रयोग भएको थियो । भर्खरै हामीले डेभलप गरेको प्रविधिमार्फत ६१ औं निर्वाचन सकेका छौं ।

नेपालमा बनेको मेसिन भन्नेबित्तिकै नाक खुम्याउने, यसमाथि शंका गर्ने र यहाँ गतिलो, भरपर्दो मेसिन बन्नै सक्दैन भन्ने मानसिकताले राख्छौं तर त्यसो होइन । नेपालमै हामीले धेरै थोक गर्न सक्छौं । यहाँ बनाएर विश्वलाई देखाउनेमात्रै होइन पठाउनै सक्छौं ।

पोखरा उद्योग वाणिज्य संघको ६१ औं निर्वाचन सफल भएर बाहिर आएपछि हामीमाथि केही प्रश्न उठाउने कामसमेत भयो । पहिलो पटक विद्युतीय माध्यममा जाँदा त्यो शंका हुनु स्वभाविक हो तर प्रतिशत सयभन्दा माथि २ सयसम्म हुन्छ भने २ सय प्रतिशत नै विद्युतीय मतदान सफल र कुनै गडबडी नभएको जानकारी गराउन चाहन्छु । किनकी त्यस्तो गडबडी हुन सक्ने सम्भावना नै हुँदैन । त्यही हिसाबले हामीले मेसिनको डेभलप गरेका छौं ।

पहिलो कुरा त नेपालमा बनेको मेसिन भन्नेबित्तिकै नाक खुम्याउने, यसमाथि शंका गर्ने र यहाँ गतिलो, भरपर्दो मेसिन बन्नै सक्दैन भन्ने मानसिकताले राख्छौं तर त्यसो होइन । नेपालमै हामीले धेरै थोक गर्न सक्छौं । यहाँ बनाएर विश्वलाई देखाउनेमात्रै होइन पठाउनै सक्छौं । किनकी हामीले जुन खालको सफ्टवेयरको डेभलप गरेका छौं, यस्तो खालको विश्वमै छैन ।

निर्वाचनको तथ्यांक ज्यादै संबेदनशील हुने भएकाले यस प्रविधिमा एकभन्दा बढी स्थानमा यसको डाटा रहन्छ । जसले गर्दा कथंकदाचित मतदानपछि मतगणनाको समयसम्ममा कसैले कुनै उपकरणमा क्षति पुर्याए, गडबडी गरे विभिन्न स्थानका डाटालाई व्याकअपको रुपमा प्रयोग गर्न सकिन्छ । यो मेसिन पानीमै डुबे पनि यसको डाटा सुरक्षित रहन्छ ।

मतदाताले लगाएको छापको निश्चितताको लागि भोट लगाउना साथ तपाईको मतदान सफल भयो देखिन्छ । ३ सेकेण्डसम्म आफूले लगाएको छापको चिह्न देखिने र मत दिइसकेपछि मेसिनबाट चिह्नसहित मतदान गरिएको रेकर्डसमेत प्रिन्ट गर्न सकिने प्रविधि छ ।

कुल खसेको मत वा मतदाता अनुमतिपत्रभन्दा दुबै अध्यक्ष प्राप्त गरेको मत जोड्दा ३७ मत कम देखियो ।  त्यो मत कम हुनुको अर्थ के हो भने ३७ जनाले कुनै पनि अध्यक्षलाई भोट हालेनन्, दुबैलाई रिजेक्ट गरे । 
फिंगर प्रिन्टसमेत यसले सुरक्षित राख्छ भने यस प्रविधिमा मतदान गर्दा मत बदरको सम्भावना शून्य प्रतिशत रहन्छ ।

मतदानको सबै डिटेलसहित हामी प्रिन्ट गरेर दिन सक्छौं तर त्यसो गर्न नेपालको कानुनले दिँदैन । भोटिङ राइट्सको अधिकार गोप्य र सुरक्षित राख्नुपर्ने भएकाले अदालतले आग्रह नगर्दासम्म सबै डिटेलसहितको प्रिन्टेट लिस्ट दिन मिल्दैन ।

पोखरा उद्योग वाणिज्य संघको निर्वाचनमा १९ वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिएको थियो । आइतबार रातीसम्म पनि हामीले मेसिन उठाएनौं । बस्तुगत, वाणिज्य र औद्योगिक तर्फको निर्वाचनका लागि ३ वटा मेसिन प्रयोग गरिएको थियो । अन्य अदाधिकारी र खुला सदस्यका लागि १६ वटा मेसिनमार्फत निर्वाचन भए । निर्वाचन समयावधि सकिएर बन्द गर्नुअघि खसेको कुल मतको गणना गर्यौं । त्यसमा बाहिरबाट मतदान गर्न जाने व्यक्तिले ल्याएको मतदाता अनुमतिपत्रको रुजू गरेपछि सबै ठिक देखियो । मतदाता अनुमति पत्र र मेसिनमा देखिएको मत समान संख्या २ हजार ९ सय ८६ देखियो ।

प्यानल तर्फबाट प्रतिनिधि, प्राविधिक, परिवेक्षकसहितको सहमतिमा मेसिन नम्बर १ बाट गणना सुरु गर्यौं । गणनास्थलमा सहभागी सबैलाई कुन मेसिनबाट कुन उम्मेदवारको कति मत आयो टिप्न भनेका थियौं । सुरुमा १ देखि १९ सम्म क्रमश मतगणना सकियो । सबै मेसिनबाट गणनाबाट अध्यक्ष पदका उम्मेदवारको मत जोड्न थाल्यौं । अध्यक्ष पदका उम्मेदवार जम्मा ७ मतले विजयी भए । तर, कुल खसेको मत वा मतदाता अनुमतिपत्रभन्दा दुबै अध्यक्ष प्राप्त गरेको मत जोड्दा ३७ मत कम देखियो । यो कुनै गडबडीका कारण होइन, धेरै जनाले नबुझी बोल्नुभएको छ ।

त्यो मत कम हुनुको अर्थ के हो भने ३७ जनाले कुनै पनि अध्यक्षलाई भोट हालेनन्, दुबैलाई रिजेक्ट गरे । ३७ मतदाताले दुबै जनालाई रिजेक्ट गरेर वा मत नदिएर अन्य पदाधिकारी र सदस्यमा मत दिए । मतदाताले अन्य पदाधिकारी र सदस्यमा पनि यसरी रिजेक्ट गरेका छन् ।

प्रविधिलाई नै नबुझेर मेसिन बनाउनेप्रति अविश्वास र भ्रम फैलाउने काम गरिनु हुँदैन । यसअघि एउटा पार्टीको निर्वाचनमा मेसिन प्रयोगबारे भ्रम फैलाउने अभिव्यक्ति आएपछि २० लाख रुपैयाँ हामी क्षतिपूर्ति तिराएका छौं ।

यही कुरा नबुझेर हामीले राम्रोसँग खाना खानसमेत पाएनौं । प्रहरीको तारन्तर फोन र अरु दबाबले रातरात हामी निर्वाचनस्थल पुगेर कम्युटर प्रहरीको जिम्मा लगायौं । हामीले बुझाउन खोज्यौं, जीत–हारको मानसिकता र बुझाइ धेरैमा भएकाले कतिलाई बुझाउन सक्यौं, कतिलाई सकेनौं । सुरुमा उम्मेदवारले समेत विद्युतीय भोटिङलाई बुझ्न खाजेनन् ।

दुई दिन अगाडि नै म यो प्रविधि, यसको विशेषता र भोटिङ प्रक्रियाबारे बुझाउन हामी पोखरा आएका थियौं । तर समयमै यो प्रविधि बुझ्न र मतदातालाई बुझाउन खोजिएन । नतिजा बाहिर आइसकेपछि पनि त्यहाँ सौहार्दपूर्ण वातावरण थिएन । तर, हामीले निर्वाचनको अवस्थामा मान्छेकामा के खेल्न भन्ने नजिकबाट बुझेका छौं ।

हामी कतिसम्म अनविज्ञ थियौं भने कुन पक्षले जित्यो, कुनपक्ष हार्यो, कोकोले जिते भन्नेसम्म जानकारी थिएन । कुनै पक्षसँग मिलेर पैसा कमाउने हाम्रो उद्देश्य होइन भने हामीले त्यसो गर्नै नमिल्ने गरी मेसिनको डेभलप गरेका छौं । हामीले भोलि धेरै ठाउँमा प्रविधिको धेरैमा धेरै काम गरेर देखाउनु छ भने यस्ता सातातिना निर्वाचनमा अल्झिएर बस्दैनौं । हामीले यहाँ आएर निर्वाचन गराएबापत केही रकम आउँछ हामी त्यसैलाई सन्तोष मानेर आएका हौं ।

पोखराको निर्वाचनमा प्रयोग भएको मेसिनमा यसअघिको ६० निर्वाचनमाभन्दा नयाँ प्रविधि अपनाइएको छ । हामीले यसको पेटेन्ट अधिकार पनि लिइसकेका छौं । यो मेसिनमार्फत प्रत्येक पटक भएको भोटिङको डिटेलसहित स्क्रिनसर्ट हुन्छ । स्क्रिन सर्टसहित सबै डिटेललाई डाटामा स्टोर्स हुन्छ । हामीले पटकपटक विभिन्न तरिकाले निर्वाचनस्थलमा उपस्थित सबैको रोहबरमा भेरिफाइ गरेका थियौं ।

जतिबेला पनि मत पुनगणना गर्न सकिन्छ । प्रविधिलाई नै नबुझेर मेसिन बनाउनेप्रति अविश्वास र भ्रम फैलाउने काम गरिनु हुँदैन । यसअघि एउटा पार्टीको निर्वाचनमा मेसिन प्रयोगबारे भ्रम फैलाउने अभिव्यक्ति आएपछि २० लाख रुपैयाँ हामी क्षतिपूर्ति तिराएका छौं । यहाँ पनि हामीमाथि तथ्यहीन आरोप लगाइएयो भने हामी एक्सनमा जानैपर्छ ।

नेपालमै विद्युतीय भोटिङ मेसिन बनाएर पोखरा उद्योग वाणिज्य संघको २३ औं महाधिवेशनमा मेसिनमार्फत ६१ औं निर्वाचन गराएका दाजुभाइ रामरलक्ष्मणले अमृत सुवेदीले गरेको कुराकानीमा आधारित ।

 

Write a Comment

Events
Random Picks