लहान होमयोप्याथिक अस्पताल सञ्चालनमा
2-October-2018


जक्सन डकटम
लहान,असोज १६ 
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रदेश नं २ लहान नगरपालिका–५ खुट्टी खोलास्थित विलट साह रौनियार जनसेवा होमयोप्याथिक अस्पताल लहानको आज उद्घाटन गरेका छन् । 
उनले आजै लहान नगरपालिकामा रहेका विद्यालय जाने उमेरका बालबालिका विद्यालय बाहिर नरहेको घोषणा पनि गरे । 

उनले अस्पतालले नगरवासीलाई आवश्यक चिकित्सा सेवा पुर्याउने विश्वास व्यक्त गर्दै ‘सुखी नेपाली समृद्ध नेपाल, बालअधिकार सबैको सरोकार’ नारालाई साकार पार्न नगरपालिकालाई आह्वान गरे । 
रु २२ लाखको लागतमा बनी आजदेखि सञ्चालनमा आएको अस्पतालको भवन एकतले र चारकोठे रहेको भवनदाता महेश गुप्ताले बताए । (रासस)

Write a Comment

Events
Random Picks