लेखनाथका कांग्रेस नेता बादलका हत्या अभियुक्तहरु सार्वजनिक
27-August-2015

जक्सन डटकम, १० भदौ । लेखनाथका नेपाली काँग्रेस नेता रामजी पौडेल ‘बादल’का हत्यामा संलग्न रहेका चार जानालाइ बिहीबार कास्की प्रहरिले सार्वजनिक गरेको छ । साथै उनिहरुलाई लुकाउन सहयोग गर्ने ५ जनालाई पनि प्रहरीले पत्रकार सम्मेलन गरि सार्वजनीक गरेको हो ।

गत साउन २८ गते लेखनाथ नगरपालिकाको गगनगौडा निवासी पौडेलको हत्यामा संलग्न लेखनाथ १२ का विश्वास गौतम, लेखनाथ १३ का प्रकाश गुरुङ, लेखनाथ १४ का बले भन्ने अशोक गुरुङ र लेखनाथ १२ का राजुरानाभाटलाई प्रहरीले हत्यामा संलग्न रहेको भन्दै सार्वजनीक गरेको हो ।

उनिहरुलाई लुकाउनमा सहयोग गरेको भन्दै तनहुँ शुक्लागण्डकी, नगरपालिका ३ दुलेगौडाका चन्द्र बहादुर थापा मगर, नवलपरासीका भरत पौडेल, नवलपरासी घरभई गैडाकोटमा बस्ने मिन बहादुर घेल, रविन क्षेत्री र कपिलबस्तु घर भई हाल रुपन्देहीका विरेन्द्र कुमार रानामगर रहेका छन् । उनिहरुलाई विभिन्न ठाउँबाट पक्राउ गरेका कास्की प्रहरी प्रमुख हरि बहादुर पालले जानकारी दिए ।

बादलको हत्या भएको १५ दिनपछि प्रहरीले हत्यामा संलग्नहरुलाई सार्वजनीक गरेको छ । प्रहरीले काग्रेस नगर सभापति राजेन्द्रमणि लामिछानेको अहिले सम्म कुनै संलग्नता भएका पुुस्टी नभएको पालले बताए । हत्यामा संलग्न भनिएका अर्का आरोपी रविन केसी भने अझै फरार छन् ।

छुट्टाछुट्टै स्थानबाट पक्राउ अभियुक्तविरुद्व कसुर अनुसार सजायका लागि कारबाही अघि बढाइएको कास्कीका प्रहरी प्रमुख हरिबहादुर पालले बताए ।