डोटीमा असिनाबाट धानबाली नष्टभएपछि किसान चिन्तित
12-October-2018


जक्सन डटकम
डोटी,असोज २६ 
जोरायल गाउँपालिका–१ घोरडीमा बिहीबार असिनापानीका कारण धानबाली र तरकारी खेती नष्ट भएको छ । 

असिनापानीले काट्ने अवस्थामा रहेको धानबाली र तरकारी खेती नष्ट गरेको स्थानीयवासी मानबहादुर मल्लले जानकारी दिए। उनले भने, “असिनाले पाक्नै लागेको धानबाली र तरकारी पूर्ण रूपमा नष्ट गरेको छ ।” दशैँको मुखमा धानबाली नष्ट भएपछि किसान चिन्तित भएका छन् । (रासस)

Write a Comment

Events
Random Picks