१३ वर्षीय जेतिन श्रेष्ठलाइ रोनाल्डोको जर्सी उपहार
28-August-2015


काठमाडौं, भदौ ११ । बनेपाका १३ बर्षिय जेतिन श्रेष्ठलाइ क्रिस्टियानो रोनाल्डोले जर्सी उपहार दिएका छन् । मिरर अनलाइनका अनुसार रोनाल्डोले बालकलाई आफूले हस्ताक्षर गरेको जर्सी उपहार स्वरुप पठाएका हुन्। 

गत वैशाख १२ को विनाशकारी भूकम्पका दौरान जेतिन फुटबल खेलिरहेका थिए । भूकम्प आउन्जेल उनी केही बेर रोकिए र फेरि रोकिएपछि फुटबल खेल्न थाले । यो सब फोटोग्राफर ओमार हभाना र पर्चुगलका पत्रकार मागरिडा मोटाले थाहा पाए । ‘मलाई क्रिस्टियानो रोनाल्डो र रियल म्याड्रिड मनपर्छ,’ जेतिनले भने, ‘एक दिन म पनि रियल म्याड्रिका लागि खेल्छु ।’

उनको कुरा सुनेपछि मोटाले रोनाल्डोका एजेन्ट जोर्ज मेन्डेससँग कुरा गर्दै जेतिनका बारेमा सबै कुरा सुनाए ।

एक हप्ता अघि रोनाल्डोले जर्सीमा हस्ताक्षर गर्दै उपहार पठाए । सर्टमा लेखिएको छ, ‘जेतिन बलियो बन, धेरै शुभकामना । क्रिस्टियानो रोनाल्डो ।’

Write a Comment

Events
Random Picks