कक्षा १२ विज्ञान संकायको परीक्षाफल प्रकाशित, ७१ दशमलव ६५ प्रतिशत उतीर्ण
28-August-2015

काठमाडौं, भदौ ११ / कक्षा १२ को विज्ञान संकायको परीक्षाफल प्रकाशित भएको छ । यसवर्ष नियमिततर्फ ७१ दशमलव ६५ प्रतिशत अर्थात २७ हजार २ सय २७ जना उतीर्ण भएका उच्च माध्यमिक शिक्षा परिषदले जनाएको छ ।

परीक्षामा ३७ हजार ९ सय ९८ जना सहभागी थिए । ५७ जनाको परिक्षा रद्द गरिएको छ ।  यस्तै, आंशिक तर्फ भने ४४ दशमलव ३० प्रतिशत अर्थात ३ हजार ७ सय २४ जना उतीर्ण भएका छन् ।

परिक्षामा ८ हजार ४ सय  ६ जना सहभागी भएकामा १३ जनाको परिक्षा रद्द गरिएको छ । परीक्षाफल थाहा पाउन मोबाइलमा एच एस इ बी टाइप गरी एक स्पेस दिएर सिम्बोल नम्बर लेखि ५५ ६६ मा एस एम एस गर्नुहोला । 

Write a Comment