दीपावलीमा सावधानी नअपनाउँदा सर्लाहीमा यसरी गयो दुई बालकको ज्यान
8-November-2018

सर्लाही कार्तिक २२

सर्लाहीमा दीपावली गर्ने क्रममा सावधानी नअपनाउँदा दुई बालकको ज्यान गएको छ।

प्रहरीका अनुसार बुधबार राति दीपावली गर्ने क्रममा एक जनाको जलेर तथा अर्काेको करेन्ट लागेर मृत्यु भएको हो।

जिल्लाको ब्रहम्पुरी गाउँपालिका-७ नोकैल्वामा गाडीभित्र मैनबती बालेर गाडीमै सुत्दा जलेर बालकको मृत्यु भएको हो।

सर्लाहीका प्रहरी उपरीक्षक पोषराज पोखरेलका अनुसार स्थानीय रामलाल रायका १२ वर्षीय छोरा धनिकलालको जलेर गाडीभित्रै मृत्यु भएको हो।

यस्तै सर्लाहीको सदरमुकाम मलंगवामा दीपावली गर्ने क्रममा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ।

दिपावलीका लागि घरमा लगाइएको बत्तीको प्लग जोड्ने क्रममा करेन्ट लागेर मलंगवा–१० का नरेश साहका ७ वर्षीय छोरा निसान्तको मृत्यु भएको हो।

Write a Comment