सुनपानीमा भैलो खेली १ लाख ६६ हजार ७ सय ७२ संकलन
18-November-2018


जक्सन डटकम
बाग्लुङ,मङ्सिर २
बाग्लुङको गलकोट नगरपालिका १० पाण्डबखानीमा रहेको सुनपानी ठुलो भैलो, आमा समूह, कालिका स्पोर्ट युथ क्लब र पन्चेबाजा संयुत रुपमा खेलेको भैलोबाट रु। १ लाख ६६ हजार ७ सय ७२ संकलन
भएको छ , परम्परागत रुपमा खेल्दै आएको भैलो यस वर्षपनि आफ्नो संस्कृति र परम्परा जगेर्ना गर्नका निम्ति ठुलो भैलो,आमा समूह,कालिका स्पोर्ट युथ क्लब र पन्चेबाजा संयुत रुपमा खेलिएको भैलोमा संकलित रकम सामाजिक काममा सहयोग गर्ने उदेश्य रहेको छ , भैलोमा विवाह भएको घरमा विवाहको भाग नाचिने र छोरा जन्मेको घरमा पूरपूराई नाच्ने गाउने गरिन्छ ।

विवाह घरमा गाउने गित (पूरपुराई) - 
सुरुमा छोरी माग्न जादा मागन् आए मागन आए श्रृषि मागन् आए देवकी छोरीलाई श्रृषिले देवको बाबुआमालाई माग्न जादा गाउने गित
छोरा जन्मेको घरमा गाउने गित -
पालुङ्को खतियामा सप्तरङ्गि गुदरीमा पंचरङे कामलीमा खतियामा पुतलेर सिरानीमा  खतियामा संगै सोगैला एकै महिना दुई महिना खतियामा गरिबमा राजै भन्दै ६ महिना व्याज लागरो राजै ७ महिना दाइने कोख चल्यो ८ महिनामा देब्रे कोखा ९ गर्भमा र्यो १० महिना सम्मको गित आउने प्रचलन रहेको छ ।
सोरठी -
एकै वर्षको जोसिङ्गे राजै ढुई वर्षको सोरठी रानी विधिकर्मले भयो भेट भन्दै सोरठी गिन संगै नाच सुरु हुने प्रचलन रहेको छ ।
भने ज्योतिषलाइ मिति तिथि हेराइ अन्तिममा विभिन्न देवदेविकाको नाम लिदै सरस्वति पुजा गरी यस वर्षको भैलो समापन हुने गर्दछ ।

स्रोत:पाण्डवखानीअनलाइन खबर 

Write a Comment

Events
Random Picks