नेपाल आउँदै इसाईका शीर्ष धर्मगुरु
8-September-2015

भदौ २३ ,काठमाडौं – नयाँ संविधानमा धर्म निरपेक्षताको विषयमा बहस तीव्र भैरहेका बेला क्याथोलिक इसाईका शीर्ष धर्मगरुले नेपाल भ्रमण गर्ने भएका छन् । विश्वभरका धर्मान्तरण तथा परोपकार गतिविधि अनुगमन गर्दै आएका धर्मगुरु कार्निडल फर्नान्डो फिलोनी भदौको अन्त्यतिर नेपाल आउन लागेका हुन्।

भदौ २९ गते कोलकोता हुँदै नेपाल आउन लागेको फिलोनी ५ दिनेपछि असोज २ गते इटलीको रोमतर्फ लाग्ने छन्। फिलोनी १२ दिने दक्षिण एशियाली देशको भ्रमणको क्रममा नेपाल आउन लागेका हुन् । नेपाल आउनुअघि उनले कोलकोतामा २ र बंगलादेशमा ५ दिने विताउने छन् ।

क्याथोलिक चर्चका फादर सिलास बोगटीले बैशाख १२ को भूकम्पपछि नेपालमा क्रिश्चियन संस्थाहरुले गर्दै आएको काम र भूकम्प पीडितहरुसँग एक्येबद्धता जनाउनका लागि नेपाल आउन लागेको बताए। आजको नागरिक दैनिकमा खबर छ ।

Write a Comment

Events