अझै भेटिएन सेतीमा हत्या गरि फालिएकी अमेरिकी नागरिक एहियाको शव , खोजी कार्य जारी (फोटो फिचर)
9-September-2015

पोखरा, भदौ २४ । गोरखाका भूकम्पपीडितलाई सहयोग गरेर पोखरा आइपुगेकी २५ बर्षीय डालिया एहीया पोखरामा मृत भेटिइन् । गत जुलाई ३० तारिकमा नेपाल आईपुगेकी अमेरिकी नागरिक एहियाले गोरखाका भुकम्प पिडीतका लागी राहात उवं उद्धार कार्यमा जुटिन् । 

 तर काउचसर्फिंगमा अमेरिका छँदै भेट भएका साथीलाई भेट्न भनेर पोखरा आईपुगेकी एहियालाई आफन्त ठानेर आएका उनै साथीले निर्मम हत्या गरेर शव समेत भेट्न नसकिने गरी फालिदिए । पेशाले शिक्षक रहेका कास्कीको धितालका ३० बर्षीय नारायणप्रसाद पौडेलले उनको हत्या गरेका हुन् । 

पौडेलले एहियालाई चार दिनसम्म सिम्पानीस्थित आफ्नै कोठामा राखेर अन्तिम दिनको मध्यरातमा हथौडा र दाउराको चिर्पटले हानेर दुःखदायी अन्त्य गरिदिए ।

एहिया अमेरिकाको एक विद्यालयमा कला शिक्षकका रुपमा कार्यरत थिईन्, गतबर्षसम्म । उनी बच्चाहरुलाई निकै माया गर्थिन् भने राम्रा राम्रा चित्र बनाउन उनलाई कमैले जित्ने गर्थे ।

उनको निर्मम हत्याको खबरले अमेरिकामा रहेका उनका आफन्त र साथीभाई मर्माहत भएका छन् । उनीसँग भएको फोन सम्पर्क र ईमेलका आधारमा अभियुक्त पक्राउ परेपनि एहियाको शव अझै भेटिएको छैन ।

कास्की प्रहरीले शव फालिएको भनिएको स्थान सेती नदी किनार र खोंचहरुमा निरन्तर खोजीकार्य जारी राखेको छ । तरपनि एहियाको शव भेट्टाउन सकेको छैन ।

एहियाको खोजीमा लागेको कास्की प्रहरीको टोलीका तस्विरहरुः

Write a Comment

Events
Random Picks