भारतीय कूटनीतिज्ञ अभय कुमारको कवितासङ्ग्रह ‘जात्रा’माथि -याण्डममा चर्चा(फोटो फिचर)
12-September-2015

पोखरा, भदौ २६ गते । भारतीय कूटनीतिज्ञ तथा कवि अभय कुमारको कवितासङ्ग्रह ‘जात्रा’माथि -याण्डम रिडर्स सोसाइटी अफ् नेपालले शनिबार पोखरामा चर्चा गरेको छ ।

विश्व सम्पदा सूचीमा परेका नेपालका विभिन्न सम्पदा, नेपालका विभिन्न जात्रा, चाडपर्व तथा व्यक्तिका बारेमा लेखिएका कविताहरु समेटिएको कृतिको चर्चा युवा लेखक तथा सोसाइटीका सचिव उपेन्द्र पौडेलले गर्नुभएको थियो । नेपाली सम्पदा, कला, संस्कृतिलगायतका धेरै विषयवस्तुहरु कृतिमा समेटिएको भन्दै पौडेलले नेपालको जानकारी लिन चाहनेका लागि कृति महत्त्वपूर्ण स्रोत सामग्री हुनेमा जोड दिनुभयो ।

कूटनीतिज्ञका रुपमा ३ वर्षअघि नेपाल आउनुभएका अभयको काव्य लेखनले भारत र नेपाल बिचको दौत्य सम्बन्धलाई पुल बनेर सहयोग गर्ने पौडेलको भनाइ थियो । ‘उनका कवितामा मूर्ति, गुम्बा, मन्दिर र सम्पदा बोल्छन्’, पौडेलले भन्नुभयो, ‘सरल, सहज र स्वतःस्फूर्त देखिने अभयको कवितामा सम्पूर्ण देश बोलेको छ ।’ अङ्ग्रेजी पाण्डुलिपिबाट पत्रकार किशोर नेपालले अनुवाद गर्नुभएको कविताको वास्तविक स्वाद अनुवादमा नपाइने पौडेलले टिप्पणी गर्नुभयो ।

लेखकीय मन्तव्य राख्दै कवि अभय कुमारले कूटनीतिज्ञ र कविमा केही समानता भएको बताउँदै दुवै संवेदनशील हुनुपर्ने र दुवैले कुनै पनि कुरा सोझै नभन्ने प्रष्ट पार्नुभयो । ३ वर्षअघि आउँदा नेपालका ठाउँ र भाषाको ज्ञान नभएको भन्दै नेपालका विभिन्न ठाउँ घुम्दै जाँदा नेपालका बारेमा कविता लेख्ने प्रेरणा प्राप्त भएको उहाँले बताउनुभयो । आध्यात्मिक भोक मेटाउन आफू कवि बनेको र पेटको भोक मेटाउन कूटनीतिज्ञ बनेको जनाउँदै अभयले कवितालाई धेरै सम्पादनको आवश्यकता पर्नेमा जोड दिनुभयो ।

सोसाइटीका अध्यक्ष गनेस पौडेलको अध्यक्षतामा भएको कार्यव्रmममा प्रमुख अतिथि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तले यात्री कवि अभय निकै संवेदनशील कवि भएको बताउनुभयो । एक कविका सबै कविता उत्तिकै सुन्दर हुन नसक्ने भन्दै सरुभक्तले कविता सम्बन्धी धारणा अनुसार कविता सुन्दर लाग्ने बताउनुभयो । 

सहसचिव रुपिन्द्र प्रभावीद्वारा सञ्चालित कार्यव्रmममा सदस्य सुरज उपाध्यायले स्वागत गर्दै आगामी असोज २३ गते शनिबार हुने ५७ औँ शृङ्खलामा उपेन्द्र सुब्बाको कथासङ्ग्रह ‘लाटो पहाड’माथि पत्रकार वसन्त बस्नेतले परिचर्चा गर्नुहुने जानकारी दिनुभयो । कार्यव्रmममा मिरा ढकाल, मोती भुजेल, भीम घिमिरे, मदन भण्डारी, के. आर. ढकाल, सरस्वती प्रतीक्षा, मन क्षेत्री, वामदेव पौडेल, सुरेश रानभाट, बी. बी. बिष्ट, गोपाल चिन्तनलगायतले कृतिबारे टिप्पणी राख्नुभएको थियो ।

फोटो : उपेन्द्र पौडेलको फेसबुकबाट

Write a Comment

Events
Random Picks