पोखरामा बढ्दैछन् नाम मात्रैका 'ब्युटी पेजेन्ट'हरु , गुणस्तर खस्किदों
14-September-2015

माधब भुसाल पोखरा, भदौ २८ / सुन्दर नगरी पोखरा प्राकृतिक रुपमा सुन्दर त छ नै संगसंगै यहांका युवायुवातीको पनि चर्चा हुने गरेको पाइन्छ । पोखरामा बर्षेनी २२ देखि २४ वटा ब्युटी पेजेन्ट हुने गरेका छन् । तर पछिल्लो समय च्याउ उम्रे जसरी आयोजना हुने ति प्रतियोगीताहरुको गुणस्तर भने खस्किदो छ । कतिपय प्रतियोगीताहरु त पत्तो नै नपाइ सकिने गर्छन् । 

प्यारेन्ट्स डे जस्तो लाग्छ मलाई ब्युटि पिजेन्टहरु ः फेसन कोरियोग्राफर अरुन गिरी
 ‘पोखरामा ब्युटी पिजेन्ट प्रतियोगताहरु हुने गरे पनि कतिपय प्रतियोगीताको बारेमा त थाहै हुंदैन’ फेसन कोरियोग्राफर अरुन गिरी भन्छन् ‘यस्ता प्रतियोगीताले ब्युटी पेजेन्टको गुणस्तरीयतालाइ खस्काइरहेको छ ।’  साथै उनले पोखरामा आयोजना हुने ब्युटि पिजेन्टहरुमा जाँदा आफुलाइ कुनै प्यारेन्टस डे गए जस्तो लाग्ने बताउँछन् । 'मलाइ त्यस्ता प्रतियोगिताहरुमा जाँदा लाग्छ कुनै प्यारेन्टस डे मा गइरहेका छु' उनले भने 'त्याहाँ कुनै क्वालिटी पर्फमेन्स नै हेर्न पाइदैन । निर्णायक बसेकाहरुमा नै सक्षमताको प्रश्न चिन्ह उठ्ने गर्छ । '

आयोजकहरु यस्ता खाले प्रतियोगिताको गुण्स्तरमा भन्दा पनि ब्यक्तिगत मुनाफाको पछि लागेका कारण यस्तो अवस्था आएको उनको भनाइ छ । साथै गुणस्तरीयतालाइ ख्याल नगरी आयोजना गरिने यस्ता प्रतियोगिताले राम्रा प्रतियोगीतालाइ समेत नकरात्मक असर पार्ने उनको तर्क छ। 

 

बेरोजगारहरु बढी इभेन्टको आयोजना गर्छन् ःसोभित बस्याल
 'आजकल प्राय इभेन्टहरु भर्खरका युवाहरुले आयोजना गर्छन जो इभेन्ट अर्गनाइज गर्नका लागी सक्षम नै छैनन् 'परिचय एर्डभर्टाइजिङका सोभित बस्याल भन्छन् 'इभेन्ट गर्नु राम्रो हो । तर हचुवाको भरमा टोलटोलमा गर्नुचाही राम्रो हुदैन ।' कतिपय ठुला भनिएका इभेन्टहरुमा पनि आर्थिक रुपमा सफल नहुने परिस्थितीमा जोसुकैले एउटा क्लब गठन गरेर त्यस्ता कार्यक्रम आयोजना गर्नुले पनि पोखरामा इभेन्टहरुको गुण्स्तर खस्किएको बताउँछन् उनि ।

ब्युटी पेजेन्टहरुको सन्दर्भमा उनि भन्छन् 'अब यही अवस्थामा पोखरामा यस्ता खाले प्रतियोगिताहरु यही गुण्स्तरमा अघि बढ्यो भने मलाइ लाग्छ यसको आयु अब धेरै समय रहँदैन । एक त आयोजकले भने अनुसारको पुरस्कार दिदैनन् अर्को कुरा पोखरामा त्यो किसीमको माहौल स्थापित भैसकेको छैन । '

 

 

आयोजकहरु कन्टेष्टेन्टलाइ नै टिकट बेच्न लगाउँछन् ः पत्रकार रेम बिक
 यस्तै पोखरामा रहेर लामो समयसम्म रंगपत्रकारिता गर्दै आएका पत्रकार रेम बिक आयोजकहरु व्यस्थापनमै कमजोरी रहेका बताउँछन् ।' ब्युटी पेजेन्ट आयोजकहरुको व्यवस्थानमै कमजोरि छ 'उनि भन्छन् 'नाम मात्रैका प्रतियोगिताहरु आयोजना गर्छन् । कन्टेष्टेन्टहरुले न त भने जस्तो पुरस्कार नै पाउँछन् न त उनिहरुको करियर नै बन्छ ।आयोजकहरुले उल्टै कन्टेष्टेन्टबाट पैसा उठाएर उनिहरुकै पैसाबाट कार्यक्रम गर्छन् उनि थप्छन् यहाँसम्म कि कन्टेष्टेन्टहरुलाइ टिकट बेच्न पठाएको पनि पाइएको छ।’

यस्तो बिकृतिलाइ समयमै नियन्त्रण गर्नुपर्ने उनको भनाइ छ ।