हिमाली क्षेत्रमा भारी हिमपात
23-January-2019

जक्सन डटकम
पोखरा ९ माघ

मौसम बदलीसँगै हिमाली क्षेत्रमा हिमपात भइरहेको छ । आइतबारदेखि नै मौसममा आएको बदलीका कारण हिमाली क्षेत्रहरुमा अहिले पनि हिमपात जारी छ । हिमाल पारीको जिल्ला भनेर चिनिने मनाङमा ८ माघ दिउँसोदेखि हिमपात जारी छ । 

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप मनाङका कर्मचारी ब्रिज गुरुङका अनुसार मनाङमा दिउँसोदेखि लगातार हिउँ परिरहेको छ । हिमपातका कारण मनाङका बासिन्दा घरबाहिर निस्कन सकेका छैनन् । हिमपातले जनजिवन कष्टकर बनेपनि स्थानिय स्तरमा लगाईएका आलु लगायतका बाली सप्रने किसानले विश्वास लिएका छन् । 

हिमपातका कारण सरकारी तथा गैरसरकारी कार्यालयहरुमा सेवाग्राहीको संख्या शुन्य छ । मनाङ र मुस्ताङका अधिकाँश स्थानिय जाडो छल्न शहर बजार झरिसकेका छन् । 
तस्विर– ब्रिज गुरुङ, एक्याप मनाङ 

 

Write a Comment