नवलपरासीको स्टारलाईट ईङ्गलिस स्कुलमा आज तोडफोड (फोटो फिचर)
17-September-2015

नवलपरासी, भदौ ३१ / नवलपरासीको मनहरी २ भीमटाडीमा रहेको स्टारलाईट ईङ्गलिस स्कुलमा बिहीबार तोडफोड भएको छ।दिउसो एक बजे तिर  पाँच जनाको अज्ञात समुहले विद्यालय परीसरभित्र प्रवेश गरी तोडफोड गरेको विद्यालयका प्रिन्सीपल सुसान्त शर्मा घिमीरेले जानकारी दिनुभयो। 

घटनाको प्याब्सन नवलपरासीले  घोर भर्सना गरेको छ । यस्तै अनेरास्ववियु नवलपरासीले पनि आज एक बिज्ञप्ति जारी गर्दै विद्यालय क्षेत्रमा भएको यो कार्य निन्दनिय भएको भन्दै भत्र्सना गरेको छ । अनेरास्ववियु नवलपरासीका अध्यक्ष्य मदन गरीद्ररा हस्ताक्षीरीत विज्ञप्तीमा विगतमा सम्पुर्ण राजनैतिक दलहरुले जिल्लाभरका सम्पुर्ण विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरिसकेको सन्दर्भमा घटेको यस निन्दनिय कार्यको घोर भत्सर्ना गर्दै दोषीमाथी कानुन अनुसारको कडा कारवाहिको माग गरिएको छ ।

यस्तै विज्ञप्तीमा आन्दोलनरत पक्षलाई आन्दोलको समयमा पनी विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरि विद्यालय खुलाएर विद्यार्थीहरुलाई भय रहित वातावरणमा पढ्न पाउने वातावरण मिलाउन समेत आग्रह गरिएको छ।

फोटो : शुसान्त शर्मा घिमिरेको फेसबुक बाट

Write a Comment

Events
Random Picks