पत्ताउनुहुन्छ ? : दैनिक सर्वसाधरणको गोजीबाट लुटिन्छ एक करोड
19-September-2015

असोज १,काठमाडौं– यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनमा नयाँ भाडादर लागू गरेको आज आठ दिन भयो । तर यातायात व्यवासायीले भने नयाँ भाडादर लागू गरेका छैनन् ।

नयाँ भाडादर लागू नगर्दा राजधानीमा चल्ने सार्वजनिक यातायात व्यवसायीले दैनिक एक करोड बराबरको रकम असुलेका छन् । तर कानुन कार्यान्वयन गराउने जिम्मा पाएको ट्राफिक प्रहरी र यातायात व्यवस्था विभाग सवै देखेर पनि मौन छन् । दोषीमाथि कारवाहीको प्रक्रिया अगाडि नबढाएको भन्दै यात्रुले ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागमाथि प्रश्न उठाएका छन् ।

public transportयातायात व्यवसायीले यात्रुसँग भाडा घटेको आफूलाई थाहा नभएको भन्दै फिर्ता दिन आनकानी गर्दे आएका छन् । उनीहरुले नयाँ दर रेट नआएको भन्दै पुरानै भाडा असुल गर्ने गरेको पीडित यात्रु रमेश तामाङले बताए । सहचालक र यात्रुबीच यो विषयमा भनानभन समेत हुने गरेको छ । राजधानीका विभिन्न रुटमा चल्ने सार्वजनिक सवारी साधनले खुलमखुल्ला लुट गरेको यात्रुको गुनासो रहने गरेको छ । ट्राफिक प्रहरी सडकमा भएपनि कारवाही गर्न सकेको छैन ।

यातायात व्यवस्था विभागलेसार्वजनिक सवारी साधनले यात्रु ठगी भएको थाहा पाए चासो देखाएको छैन । यातायात व्यवासायीले समितिले आफूहरुलाई निर्देशन नदिएको भन्दै नयाँ भाडा समायोजन गर्न मानेका छैनन् । ‘व्यावसायीको सिडिकेटका कारण यात्रु मारमा परेका छन्, सरकारलाई त कुनै चासो छैन । ’ एक सवारी मालिकले भने ।

जनता ठगिदा पनि सरकार र यातायात व्यवसायीको विरुद्ध उपभोक्तावादीले कुरा उठाएका छैनन् । यसलाई यात्रुहरु अचम्म मान्छन् ।
पेट्रोलियम पदार्थको भाउ बढ्ने बित्तिकै सवारीसाधनको भाडा बढाउने यातायात व्यवसायीले भाडा घटेको एक हप्ता भइसक्दासमेत नघटाउनुलाई समान्य मानिदैन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्देशनमा भदौ २३ गते विभागले सरोकारवाला यातायात व्यवसायी, उपभोक्तावादी र ट्राफिक प्रहरीसमेतको उपस्थितिमा २.२२ देखि ३ प्रतिशतसम्म भाडा घटाएको थियो ।

भदौ २५ गते शुक्रबारदेखि लागू हुने भनिएको सो भाडादर आज आठ दिन पूरा हुँदासमेत लागू नभएको उपभोक्तावादी रोशन पोखरेलले बताए । ‘भाडा बढ्दा समाचार सार्वजनिक हुने बित्तिकै बढाउने यातायात व्यवसायीले विभागले सरोकारवालालाई समेत राखेर गरेको निर्णय एक हप्तासम्म कार्यान्वयन गरेका छैनन्, विभागले अनुगमन गरेजस्तो गरे पनि कार्यान्वयनमा ध्यान दिएको छैन’ उनले भने ।

विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले निर्णय कार्यान्वयन नगर्नेलाई कारबाहीको दायरामा ल्याइने बताए । तर खुलमखुल्ला गठी हुँदा पनिसवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ मा भएको एक हजारदेखि पाँच हजारसम्म जरिवाना गर्न पाउने प्रावधानअनुसार अधिकतम पाँच हजार नै जरिवाना गरिएको थाहा पाउन सकिएको छैन ।

बढी भाडा लिने सवारीसाधनका विषयमा उजुरी गर्न ट्राफिक प्रहरीको फोन नं १०३ छुट्याइएको महानगरीय ट्राफिक महाशाखा, रामशाहपथका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । ‘अहिलेसम्म फोनमा १८५ उजुरी आएका छन्, बढी उजुरी विद्यार्थीबाट आएका छन्, न्यूनतम रु १३ भाडामा विद्यार्थी सहुलियत गरी रु सात लिनुपर्नेमा रु १० लिएर सवारीसाधनका सहयोगीले ठगी गरेको उजुरी आएका छन् । तर कारवाही भएको रेकर्ड प्रहरीसँग छैन ।

सवारी तथा यातायात व्यवस्था ऐनमा भएको प्रावधानअनुसार ट्राफिक प्रहरीले चिट काटी बढी भाडा लिने सवारीसाधनको विवरण विभागमा बुझाउने गरेको पनि उहाँले जानकारी दिनुभयो । भाडाका ट्याक्सीले पनि मिटरमा जान नमानी बढी माग्ने गरेकाले त्यस्ता ट्याक्सीलाई सिधै विभागमा बुझाउने गरेको महाशाखाले जनाएको छ ।

चार किमीभन्दा कमको यो दूरीमा विभागले तोकेअनुसार विद्यार्थीको परिचयपत्र हेरेपछि ४५ प्रतिशत सहुलियत दिई रु सात भाडा लिनुपर्नेमा दोब्बर लिएको छ । फोन नम्बर १०३ मा फोन बजेको बज्यै गर्छ तर प्रहरी थाहा नपाए जसरी बसीरहन्छ ।

Write a Comment

Events
Random Picks