चालक युवतीसँग जिस्किदाँ बस दुर्घटना, ८ को मृत्यु
19-September-2015

मन्थली, असोज २ / रामेछापको सालुमा शुक्रबार बस सडकबाट खूदा ८ जनाको मृत्यु भएको छ । ५० भन्दा धेरै घाइते भएका छन् । कान्तिपुर दैनिकमा समाचार छ ।
 
मन्थलीबाट गोठगाउँ गइरहेको अरनिको यातायतको बस सडकबाट झन्डै सय मिटर तल खसेको हो । घाइते यात्रुका अनुसार चालकले सिट नजिकैको युवतीसँग जिस्किदैँ बस चलाएकाले दुर्घटना भएको हो ।

Write a Comment

Events
Random Picks