पोखरामा बन्दको अबज्ञा, व्यवसायी र सर्वसाधरण सडकमा
21-September-2015

पोखरा, ४ असोज/तमुवान प्रदेशको माग गर्दै तमुवान संयुक्त संघर्ष समितिले आबहन गरेको तमुवान बन्द पोखरेलीले अबज्ञा गरेका छन् । पोखराका उद्योगी व्यवशायी तथा सर्बसाधारणले बन्दको अबज्ञा गर्दै ¥याली निकाले ।

ठुलो संख्यामा मोटरसाईकल र गाडि सहित ¥यालीमा सहभागिले पोखरा सधै खुल्ला छ , गरीखान देउ, बन्द सधैको लागि बन्द गरौ लगायतका प्लेकार्ड सहित नाराबाजी गरेका थिए । पोखरा उद्योग बाणिज्य संघ गैह्पाटनबाट सुरु भएको ¥याली पोखराका बिभिन्न स्थानको परिक्रमा गरी पुन सोहि स्थानमा पुगेर टुङ्गिएको थियो ।

¥याली पछि पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष बिन्दु कुमार थापाले बन्द हड्ताल सधैको लागि अन्त्य गर्नुपर्ने बताए । नेपालको नयाँ संबिधान जारी भएकाले देश अब आर्थिक सम्बृद्धिको बाटोमा लैजानुपर्ने अबस्थामा कुनैपनि बन्द हड्ताललाई पोखरेलीले अबज्ञा गर्ने बताए ।

तस्विर :  सागर राज तिमिल्सिना