स्याङ्जामा ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु
13-February-2019

 

जक्सन डटकम
स्याङजा,फाल्गुन १

स्याङ्जाको गल्याङ नगरपालिका ११ धरादीखोला स्थित सिद्धार्थ राजमार्गमा ट्याक्टर खस्दा एकजनाको मृत्यु भएको छ ।

लु ३ त ६७१२ नम्बरको ट्याक्टर सडकदेखी अन्दाजी ५० मिटरबाट तल खसेको प्रहरी नायव उपरिक्षक गोबिन्द पुरीले बताएका छन् । ट्याक्टर पुर्णरुपमा क्षति भएको र हालसम्म नाम, थर, वतन नखुलेको चालकको मृत्यु भएको पुरीले बताएका छन् ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको पुरीले जानकारी दिएका छन् ।

Write a Comment

Events
Random Picks