तीन दिनको मौसम पूर्वानुमान : हल्का वर्षा र हिमपातको सम्भावना
3-March-2019


पोखरा, फागुन १९

पश्चिमी वायुको प्रभावले मौसममा सामान्य बदली भई आज पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमान गर्दै पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली रहने र बाँकी भागमा आंशिक बदली रहने जनाएको छ। सोमबार र मंगलबार पनि पहाडी क्षेत्रको मौसममा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले प्रक्षेपण गरेको छ।

तराई क्षेत्रमा भने सोमबारदेखि मौसममा सुधार आउने देखिएको छ। बेलाबेला घाम लाग्नुका साथै वर्षा हुने देखिएकाले अधिकतम तापक्रम नबढ्ने र बढी चिसो महशुस हुने महाशाखाका मौसमविद् सुवास रिमालले बताए। -रासस

 

Write a Comment

Events