कटारी बजारमा ट्रकले किच्दा बालकको मृत्यु
6-March-2019

जक्सन डटकम
उदयपुर,फागुन २२

उदयपुरको कटारी नगरपालिका- ४ कटारी बजारमा मध्याह्न ट्रकले किच्दा बालकको मृत्यु भएको छ ।

कटारीबाट सोलुखुम्बुका लागि हिँडेको ना ४ ख ८८९८ नम्बर ट्रकले किच्दा स्थानीय दिलबहादुर राईको छोरा  ४ वर्षीय मौसम राईको घटनास्थलमै मृत्यु भएको यातायात व्यवसायी शत्रुधन कार्कीले बताए । कार्कीका अनुसार तीव्रगतिमा गुडेको ट्रकले सडकमा खेल्दै गरेका बालकलाई ठक्कर दिएको हो ।

बालकको मृत्युपछि कटारी बजारमा मृतकका आफन्तले बजार क्षेत्रमा विरोध प्रदर्शन गरिरहेका छन् । ट्रक र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको इलाक प्रहरी कार्यालय कटारीले जनाएको छ । 

Write a Comment