कावासोतीमा जिल्ला प्रहरी कार्यालय नजिकै बम विस्फोट
14-March-2019


नवलपरासी, फागुन ३०

नवलपरासीको कावासोतीस्थित मुख्य चोकमा बिहीबार बिहान बम विस्फोट भएको छ।

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरूले जिल्ला प्रहरी कार्यालयदेखि करिब डेढ, दुई सय मिटर पूर्व पश्चिम राजमार्ग छेउमै विस्फोट गराएका हुन्।  विस्फोटको आवाज झण्डै एक किलोमिटर परसम्म सुनिएको थियो।
बिहान साढे ११ बजेतिर विस्फोट भएको प्रहरीले जनाएको छ।

सडक सुनसान रहेकोले विस्फोटले कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। विस्फोट भएको क्षेत्र नजिकै डिभिजन वन कार्यालय र घरेलु तथा साना उद्योग कार्यालय पनि छ भने नजिकै तरकारी बजार छ।

घटनास्थललाई अहिले जिल्ला प्रहरी कार्यालयको सुरक्षाकर्मीले घेरेर राखेका छन् अन्य ठाउँमा पनि बम राखेको हुन सक्ने आशंकामा प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ। बम कस्तो र कुन प्रकारको थियोरु खुल्न सकेको छैन। प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ।

 

Write a Comment

Events
Random Picks