चिनियाँ नाका दसैंअघि खुलाउने
24-September-2015

काठमाडौं, असोज ७ / वाणिज्य तथा आपूर्ति मन्त्रालयले ६ महिनादेखि बन्द रहेका चीनतर्फका नाका दसैंअघि नै खुला गर्ने प्रयास थालेको छ । कारोबार दैनिकका समाचार छ ।
 
दसैंमा बजारमा सामान अभाव हुन नदिन सरकारले नाका खुला गर्ने प्रयास गरेको हो । चीनतर्फका नाका खुलाउन सडकमा पहिरो पन्छ्याउने कामका साथै चीनसँग कूटनीतिक पहल भएको सरकारी अधिकारीले बताएका छन् ।