पाँचथरको एक वर्कसपमाआगलागी, २२ लाख बढीको क्षति
26-May-2019


जक्सन डटकम
पाँचथर, जेठ १२

पाँचथरको फिदिम–१ जामुनले खोल्सी छेउमा अवस्थित एक वर्कसपमा आगलागी हुँदा रु २२ लाख बढीको क्षति भएको छ ।

विद्युत् चुहिएर भएको  आगलागीबाट वर्कसपमा भएको सामान तथा मर्मतका लागि ल्याइएको गाडीसमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । फिदिम–४ बस्ने दिपेन श्रेष्ठले सञ्चालन गरेको वर्कसपमा आगलागी भएको हो ।

राति साढे १२ बजेतिर लागेको आगो दमकल र स्थानीयवासीको सक्रियतामा दुई घण्टापछि नियन्त्रणमा लिइएको थियो । मध्यरातमा लागेको आगोले वर्कसपमा भएको वेल्डिङ गर्ने ग्यास सिलिण्डर पड्किँदा फिदिमवासी त्रसित बनेका थिए ।

Write a Comment