एक बालिकालाई बलात्कारको मुद्दामा नौ वर्ष छ महीना कैद
26-May-2019

जक्सन डटकम
मकवानपुर, जेठ १२

बाह्र वर्षीया एक बालिकालाई बलात्कार गरेको मुद्दामा जिल्ला अदालत मकवानपुरले नौ वर्ष छ महीना कैद गर्ने फैसला सुनाएको छ । 

जिल्ला न्यायाधीश खडानन्द तिवारीको एकल इजलासले दोलखा घर भई हेटौँडा–२ मा डेरा गरी बस्ने प्रविण थापामगरलाई बलात्कार गरेको ठहर गर्दै उक्त फैसला गरेको हो । दोषीबाट पीडितलाई रु ५० हजार क्षतिपूर्ति भराउने आदेश पनि गरेको अदालत स्रोतले जनाएको छ ।

प्रविणमाथि गत भदौ ११ गते बालिकालाई बलात्कार गरेको आरोप लगाइएको थियो । -रासस

Write a Comment

Events
Random Picks