सुकेधारा र घट्टेकुलोमा बिस्फोट, तीन जनाको मृत्यु
26-May-2019


काठमाडौं, जेठ १२

राजधानीको सुकेधारामा आइतबार दिउँसो सिलिण्डर बम पड्किँदा २ जना ज्यान गएको छ।

प्रहरी स्रोतका अनुसार सुकेधारा चौकमा रहेको एक सैलुनमा अन्दाजी साढे चार बजेतिर बिस्फोट हुँदा २ जनाको मृत्यु भएको हो भने घटनामा परी पाँच जना घाइते भएका छन्। घाइतेको महाराजगञ्जस्थित शिक्षाण अस्पताल र चावहिलको ओम अस्पतालमा उपचार भइरहेको छ। 

यसैबीच राजधानीकै घट्टेकुलोमा पनि आइतबार दिउँसो बिस्फोट भएको छ। प्रहरीले घट्टेकुलाका लोकमञ्जरी कार्कीको घरभित्र सिलिण्डर बिस्फोट भएको र १ जनाको मृत्यु भएको जनाएको छ।

घरमा बिस्फोट हुँदा पाहुना आएका एक जनाको मृत्यु भएको र कोठा भाडामा बस्ने एक जना घाइते भएको जनाएको छ। घाइतेको वीर अस्पतालमा उपचार भइरहेको छ।

Write a Comment

Events
Random Picks