उडिरहेको विमानमा व्यक्तिको मृत्यु, पोस्टमार्टम गर्दा निकालियो २४६ प्याकेट कोकिन
29-May-2019


एजेन्सी, जेठ १५

उडिरहेको विमानमा एक जना नागरिकको मृत्यु भएको छ।

कोलम्बियाबाट जापानतर्फ उडान गरेको विमानमा जापानी नागरिकको मृत्यु भएको हो ।

डाक्टरले पोस्टमार्टम गर्दा उनको पेटबाट २४६ प्याकेट कोकिन निकालिएको छ।

अधिकारीहरूका अनुसार ४२ वर्षीय जापानी नागरिक यूडो एनले उक्त कोकिन तस्करी गरेर ल्याएका हुन्।

उनको मृत्युपश्चात विमान नर्थन मेक्सिकोस्थित सोनारा प्रान्तमा आकस्मिक अवतरण गराउनु परेको थियो। सुरक्षा व्यवस्थामा कडाइ गरे पनि यस्ता घटना भइरहेका छन्।

सन्  २०१७ मा डल्टा एयरलाइन्सबाट पनि दुई यात्री कोकिन तस्करीको आरोपमा पक्राउ परेका थिए।

अधिकारीहरुले उनीहरूको साथबाट २३ पाउण्ड कोकिन बरामद गरेको थियो।

Write a Comment