जलस्रोतको धनी देशमा १ करोड ९८ लाखको पानी आयात
9-October-2015

काठमाडौं – विश्वमा नेपाललाई धनी भनेर चिनिने एक्लो वस्तु पानी हो । जलस्रोतका हिसबाले नेपाल विश्वको दोस्रो ठूलो देश हो । तर यही देशमा गत वर्ष १ करोड ८४ लाख २ हजार १ सय ८० रुपैयाँको पानी आयात भएको तथ्यांक छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको गत आर्थिक वर्षको तथ्यांक अनुसार अघिल्लो वर्षसम्म लाखमा सीमित पानी आयात गत आर्थिक वर्षमा करोड नाघेको छ ।

नेपालले पानी ल्याउने देश ९ भन्दा धेरै छन् । केन्द्रको तथ्यांक अनुसार चीन, मलेसिया, फिलिपिन्स, युएई, भारत, फ्रान्स, बेलायत, थाइल्यान्ड र अमेरिकाबाट पानी आयत गरिएको छ । ती देशबाट विभिन्न ३ शीर्षकमा पानी आयात गरिएको छ । मिनरल वाटर शीर्षकमा १० लाख ४ हजार १ सय रुपैयाँको ४९ हजार पाँच सय ४६ लिटर पानी आयात भएको तथ्यांक छ । मिनरल वाटर चीन, फिलिपिन्स, थाइल्यान्ड, भारत, फ्रान्स र बेलायतबाट ल्याइएको छ ।

अर्को शीर्षक मिनरल वाटर (नट कन्टेनिङ सुगर, स्विटिङ म्याटर, नट फ्लेवर्ड) शीर्षकमा १ करोड ३४ लाख ४१ हजार रुपैयाँभन्दा बढीको पानी आयात भएको छ । यो शीर्षकमा ३ लाख ५६ हजार ३ सय ६ लिटर पानी चीन, मलेसिया, फिलिपिन्स, युएई, भारत, फ्रान्स र बेलायतबाट ल्याइएको छ । आजको नागरिक दैनिकमा खबर छ ।

Events
Random Picks