परीक्षा तोकिएकै कार्यतालिका अनुसार हुन्छ : लोकसेवा आयोग
3-July-2019

काठमाडौँ, असार १८

लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी नियुक्ति गर्न विभिन्न पदका लागि गरिएको विज्ञापन अनुसार पूर्व निर्धारित समयमै सबै परीक्षाहरू हुने जनाएको छ ।

सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएकाले पूर्वघोषित परीक्षा तालिका अनुसार नै परिक्षा सञ्चालन गर्ने आयोगका अध्यक्ष उमेश  प्रसाद मैनालीले जानकारी दिनुभयो । 

मैनालीले भन्नुभयो, हामी पहिले पनि प्रक्रियामै चलेका हौँ र अब पनि हामीले गर्ने त्यही हो, त्यसैले पूर्व निर्धारित कार्यतालिका अनुसार  तोकिएकै समयमा परीक्षा सञ्चालन हुन्छ ।

आयोगले गत जेठ १५ गते ५ सय १५ वटा स्थानीय तहका लागि करिब ९ हजार पदको  लागि विज्ञापन खुल्ला गरेको थियो । त्यसका लागि दरखास्त दिने अन्तिम म्याद हिजो मध्यराती १२ बजेसम्म रहेको थियो ।

हिजो साँझसम्म ४ लाख ४० हजारले विभिन्न पदका लागि दरखास्त दिएका थिए ।  विज्ञापन संविधानको मर्मविपरित भएको भन्दै चर्को  विरोध भएपछि संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले त्यसलाई रद्द गर्न निर्देशन दिएको थियो । 

Write a Comment

Events
Random Picks