नवलपरासीमा सवारी दुर्घटना हुदाँ एकको मृत्यु
9-July-2019

जक्सन डटकम
नवलपरासी, असार २५

पूर्वपश्चिम राजमार्गअन्तर्गत  नवलपरासीको मध्यविन्दु नगरपालिका–१० मा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु भएको छ ।

गए राति ना६ख ५२०७ नंको ट्रकमा लु२२प २८९९ नंको मोटरसाइकल ठोक्किँदा पाल्पा  तिनाउ गाउँपालिका–१ बस्ने २७ वर्षीय भीमराजबहादुर छहरीमगरको मृत्यु भएको हो ।

सशस्त्र प्रहरी बल रुपन्देही बाहिनी नं ५ दरबन्दी भई बिओपी बोगडी रुपन्देहीमा कार्यरत सहायक प्रहरी जवान मगरको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले बताउनुभयो । रासस

Write a Comment

Events
Random Picks