सर्पदंशबाट ३ जनाको मृत्यु
9-July-2019


डोटी, असार २५

सर्पदंशबाट पछिल्लो ७ दिनभित्र ३ जनाको मृत्यु भएको छ । पूर्वीचौकी गाउँपालिका–४ गिरीटोलका २२ वर्षीय पुरन गिरीको सोमबार सर्पको टोकाइबाट मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार आइतबार साँझ उनलाई सर्पले डसेको थियो । जिल्ला अस्पताल डोटीमा उपचार गर्ने क्रममा उनको मृत्यु भएको हो ।

त्यसअघि शिखर नगरपालिका २ कालागाढकी ४२ वर्षीया जमुनादेवी कार्कीको पनि सर्पकै टोकाइबाट मृत्यु भएको थियो ।

खेतमा काम गरिरहेका बेला उनलाई सर्पले टोकेको थियो । त्यस्तै, केआईसिंह गाउँपालिका २ का ९ वर्षीय झकेन्द्रबहादुर बोगटीको मृत्यु पनि सर्पकै टोकाइबाटै भयो । आफ्नै घरमा किताब पढिरहेका बेला उनलाई सर्पले डसेको थियो ।

Write a Comment

Events
Random Picks