रुपन्देहीको बलेहिया नाकाबाट तेल र ग्यासका ट्यांकर भित्रिय
12-October-2015

२५ असोज, भैरहवा ।

रुपन्देहीको बलेहिया (भैरहवा) नाकाबाट तेल र ग्यासका ट्यांकरसहित मालवाहक सवारी साधनहरु भित्रिरहेका छन् ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सीमानामा अवरोध गर्न नसकेपछि र रुपन्देहीको प्रशासनले भारतीय प्रशासनलाई सुरक्षाको प्रत्याभूति दिलाएपछि मालवाहक सवारी साधनहरु भित्रिरहेका हुन् ।

भारतबाट साढे दुई बजेसम्म एउटा तेलको ट्यांकर, खाना पकाउने ग्यासका २ वटा बुलेट र ५० वटा विभिन्न सामाग्रीका मालवाहक सवारी साधनहरु मुलुकमा भित्रिएको इलाका प्रहरी कार्यालय बेलहियाले जनाएको छ । भारतबाट मालवाहक सवारीहरु भित्रिने क्रम जारी नै रहेको छ ।

bhairaba naka /jukson.com

गत असोज १८ गते सीमानामा प्रहरी र आन्दोलनकारी बीच झडप भएपछि नाका ठप्प भएको थियो ।

नेपालमा केपी ओली प्रधानमन्त्री भएपछि भारतबाट मंगलबार आइरहेका मालवाहक सवारी साधनहरु विगतमा झै निर्वाध रुपमा नेपाल भित्रिने हुन् की होइनन् भन्ने आशंका भने कायम छ ।

 

 

Write a Comment

Events
Random Picks