अनुदानको रकममा काठमाडौं महानगरका नासुले भाग खोज्ने नायब सुब्बा पक्राउ
15-July-2019

काठमाडौं, असार ३० 

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छुट्याएको अनुदानको रकममा भाग खोज्ने काठमाडौं महानगरपालिकाका नायब सुब्बा पक्राउ परेका छन् ।

महानगरका नासु कमल कोती अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका हुन् । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार कोतीले पर्यटन प्रबर्द्धनका लागि मन्त्रालयले एक गैरसरकारी संस्थालाई छुट्याएको रकममा कमिसन मागेका थिए ।

तर, विशेष सूचनाका आधारमा बबरमहलस्थित कार्यालयमा पुगेको टोलीले उनलाई १ लाख ७ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरिएको कोइरालाले अनलाइनखबरलाई बताए ।

अनुदान रकम मन्त्रालयबाट छुट्टिने भए पनि महानगरको सामाजिक विकास शाखामार्फत बाँड्ने व्यवस्था छ । मन्त्रालयबाट स्वीकृत कार्यक्रम सकिएर बिल फस्र्यौट गर्ने वेलामा नासुले रकम मागेको बताइएको छ ।

Source : Onlinekhbar.com

Write a Comment

Events
Random Picks