डिभिजन सडक दमौलीका कम्प्युटर अपरेटर पौने दुई लाख घुससहित पक्राउ
18-July-2019


जक्सन डटकम
दमौली, साउन २

सडक डिभिजन कार्यालय दमौलीका कम्प्युटर अपरेटरसहित दुई जना घुससिहत पक्राउ परेका छन् । कम्प्युटर अपरेटर प्रकाश पौडेलसहित वाइल्ड स्ट्रोङ कन्सल्टेन्सीका सुमित शाही पनि घुससिहत पक्राउ परेका हुन् ।

अपरेटर पौडेलसहित शाही सेवाग्राहीबाट १ लाख ७५ हजार रुपैयाँ घुस लिँदालिँदै बिहीबार रंगेहात पक्राउ परेका हुन् । कार्यकक्षमै सेवाग्राहीसँग बार्गेनिङ गरेका थिए। अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय पोखराबाट पुगेको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

कम्प्युटर अपरेटर पौडेलसँग सेटिङ मिलाएर कन्सल्टेन्सीका शाहीले बिचौलियाको भूमिका निभाएका थिए । सडकको भुक्तानी दिने सन्दर्भमा उनीहरुले घुस मागेको प्रारम्भिक अनुसन्धानले देखाएको अख्तियार पोखराका प्रवक्ता मेघनाथ रिजालले जानकारी दिए।

Write a Comment

Events
Random Picks