भक्तपुर स्थित सडक पेटीको झाडीभित्र एक महिला मृत फेला
21-July-2019


जक्सन डटकम
भक्तपुर, साउन ५

सूर्यविनायक नगरपालिकास्थित सिर्जनानगरको झाडीमा आज एक शव भेटिएको छ ।

सिर्जनानगर बस स्ट्याण्डसँगैको सडक पेटीको भित्तामा घाँसे झाडीभित्र अन्दाजी ५० देखि ५५ वर्षकी महिला मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिनुभयो ।

पहिचान खुल्न नसकेको मृतक महिलाको टाउकोमा चोट लागेको पाइएको जानकारी दिँदै उहाँले शव परीक्षणको रिपोर्टपछि मात्रै हत्या हो कि होइन थाहा हुने उहाँले बताउनुभयो । घटनाको भने प्रहरीले सूक्ष्म अध्ययन शुरु गरेको उहाँले जानकारी दिनुभयो ।

Write a Comment

Events
Random Picks