नख्खु कारागारमा कैदीबन्दीबीच कुटाकुट, एकजनाको मृत्यु
2-August-2019


काठमाडौं, १७ साउन

ललितपुरको नख्खु कारागारमा दुई जना कैदीबन्दीबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कर्तव्य ज्यान मुद्दाका पूर्णबहादुर राजी छन् ।नेपाल प्रहरीका प्रवक्ता डीआईजी विश्वराज पोखरेलले राजीको मृत्यु भएको पुष्टि गरे ।

कारागार प्रशासनका अनुसार राजीलाई केहीवेरअघि कर्तव्य ज्यान मुद्दाका पवनकुमार महतोले भुइँमा विच्छ्याइएको ब्लकले प्रहार गरेका थिए ।

घटनालगत्तै, राजीलाई वीर हस्पिटल भर्ना गरिएको थियो भने महतोलाई ललितपुर प्रहरी परिसर, जावलाखेलले नियन्त्रणमा लिएको छ ।

विवादको कारणबारे अनुसन्धान भइरहेको ललितपुर प्रहरीका डीएसपी नारायण चिमरियाले बताए ।

दुवै जना कोठाबाहिर घाम तापेर बसेका थिए । झगडा हुनुअघि उनीहरू एकअर्काको जुम्रा हेरिरहेको अवस्थामा अन्य कैदीबन्दीले देखेका थिए ।

एक्कासी कुटाकुट भएपछि अन्य कैदीबन्दीले छुट्टाएका थिए ।

Source :  अनलाइनखबर

Write a Comment

Events