सुनको मूल्यमा नयाँ रेकर्ड
5-August-2019


काठमाडौं, साउन २०

सोमबार १५ सयले बढेर सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ।

आइतबार ५ सय बढेर ६६ हजार ३ सयमा कारोबार भएको प्रतितोला सुनको मूल्य सोमबार १५ सयले बढेर ६७ हजार ८ सय पुगेको छ।

यो नेपालमा कारोबार भएको हालसम्मकै उच्च मूल्य हो।

शुक्रबार ६५ हजार ८ सयमा प्रतितोला सुनको कारोबार भएको थियो। पछिल्लो दुई दिनमा मात्रै सुनको मूल्यमा प्रतितोला २ हजार बढेको छ।

Write a Comment