पोखरामा पेट्रोलीयम पद्धार्थ दुई दिन पछि बाडीने , सोमबार मात्रै चालिस हजार लिटर डिजेल\पेट्रोल आयो
27-October-2015

पोखरा, १० कात्तिक । नेपाल आयल निगमको गगनगौडा डिपोले गण्डकी र धौलागिरी क्षेत्रमा पेट्रोलीयम पद्धार्थ अझै केहि दिन बाड्न नसकिने बताएको छ । डिपोमा रहेको तेल बाडिसकेको बताउदै नयाँ तेल आए पछि बाड्ने योजना रहेको नेपाल आयल निगमको गगनगौडा डिपोका प्रमुख मनोज ठाकुरले बताए । 

उनले भैरहवा नाकाबाट सोमबार मात्रै पोखरामा चालिस हजार लिटर डिजेल र चालिस हजार लिटर पेट्रोल आएको बताए । मंगलबार पनि पोखराका लागी ट्याङकरहरु आउदै छन् कति आइपुग्छन् त्यस पछि कहिले बाड्ने भन्ने निस्चित हुने बताए ।

एक दुई दिनमा संकलन भएको तेललाई जिल्ला आपूर्ति समितिको बैंठक बसेर बाड्ने निर्णय गरिने ठाकुले बताए । तेल आउन र संकलन गर्नक कम्तीमा पनि दुई दिन लाग्ने छ बढिमा कति दिन लाग्छ थाहा छैन ठाकुरले भने ।

अहिले भएको डिजेल र पेट्रोल निकै कम भएका कारण बड्न नसकिने बताए । मंगलबार देखि नै पेट्रोल पम्पहरुमा सवारीका लामो लाइन लागेको छ । उनले अझै दुई दिन बाड्न नसकिने भएका कारण लाइनमा नबस्दा पनि हुने बताए ।

Write a Comment

Events
Random Picks