रेडियो नेपालवाट ९ जना पक्राउ
16-September-2019

जक्सन डटकम
काठमाडौं ३० भाद्र 
विभिन्न माग राख्दै रेडियो नेपालमा डेलिगेशनका लागि गएको पत्रकारहरुको टोलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा अन्नपूर्णकर्मी यम विरही, अजयबावु शिवाकोटी, दीलिप पौडेल, रामप्रसाद दाहाल लगायत ९ जना छन् । उनीहरुलाई सिंहदरबारस्थित रेडियो नेपालको कार्यालयमा प्रदर्शन गरेको भन्दै पक्राउ गरिएको हो ।दिपायलबाट निकालिएका पत्रकारहरुको पुनर्वाहलीको माग राख्दै उनीहरु रेडियो नेपालको कार्यालयमा डेलिगेशन गएका थिए

Write a Comment

Events
Random Picks